कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २३ गते)
साउन २३ गते ४ सय ९८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७२ हजार ९ सय ६७ जना निको भएका छन् । साउन २३ गते ४ सय ७३ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८६ रहेको छ ।
साउन २३ गतेसम्म ११ हजार ९ सय ७२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २३ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २३ गते २ हजार ४ सय ८९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ३६ जनालाई कोभिड पुष्टि भएको छ । साउन २३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४५ हजार ४७ जनालाई कोभिड पुष्टि भएको छ । साउन २३ गतेसम्म २ करोड ६ लाख ३६ हजार ८ सय ४४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार विद्यार्थीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि टेम्केमैयुङ गाउँपालिकाका दुई ओटा विद्यालय बन्द गरिएको छ । टेम्केमैयुङ गाउँपालिका-३ को अन्नपूर्ण वाघधन रणदीपा राई माध्यमिक विधालय र छाङछाङ आधारभूत विद्यालयको पठनपाठन बन्द गरिएको छ । माध्यमिक विद्यालयका चार जना विद्यार्थी र आधारभूत विद्यालयकी एक जना शिक्षिकासहित दुई जना विद्यार्थीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएपछि साउन २३ गतेदेखि साउन २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्वर राईले बताउनु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…