कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते) 

साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ९ सय ४२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । साउन २१ गते ४ सय ४४ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ४१ रहेको छ ।

साउन २१ गतेसम्म ११ हजार ९ सय ७१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २१ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २१ गते २ हजार ७ सय ४० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ३४ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन २१ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४४ हजार ५ सय ९ जनालाई कोभिड पुष्टि भएको छ । साउन २१ गतेसम्म २ करोड ६ लाख २४ हजार ५ सय ७२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क