कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २० गते) 

साउन २० गते ५ सय २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ३ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९ सय ४१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७१ हजार ६ सय २० जना निको भएका छन् । साउन २० गते ३ सय ७० जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६० रहेको छ ।

साउन २० गतेसम्म ११ हजार ९ सय ७० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २० गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २० गते ३ हजार ५ सय ५० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ८३ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन २० गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४४ हजार १ सय ७५ जनालाई कोभिड पुष्टि भएको छ । साउन २० गतेसम्म २ करोड ६ लाख १९ हजार १ सय ३० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क