कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते) 

साउन १७ गते ५ सय ९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८७ हजार ७ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् । साउन १७ गते २ सय ९९ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ४४ रहेको छ ।

साउन १७ गतेसम्म ११ हजार ९ सय ६८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १७ गते २ हजार ६ सय ५३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ५ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४३ हजार २ सय १ जनालाई कोभिड पुष्टि भएको छ । साउन १७ गतेसम्म २ करोड ५ लाख ९२ हजार ४ सय १६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क