कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते) 

  ०७९ साउन १६ गते 

साउन १६ गते ६ सय ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८७ हजार २ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ८५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७० हजार ३ सय २६ जना निको भएका छन् । साउन १६ गते २ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ३४ रहेको छ ।

साउन १६ गतेसम्म ११ हजार ९ सय ६८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १६ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १६ गते २ हजार २ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ६३ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १६ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४२ हजार ८ सय ९६ जनालाई कोभिड पुष्टि भएको छ । साउन १६ गतेसम्म २ करोड ५ लाख ९२ हजार १ सय जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क