कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते) 

साउन १५ गते ४ सय ९६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८६ हजार ५ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ६ सय ५१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७० हजार ६२ जना निको भएका छन् । साउन १५ गते २ सय ९७ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ६७ रहेको छ ।

साउन १५ गतेसम्म ११ हजार ९ सय ६७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १५ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १५ गते ३ हजार १ सय ९५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय २४ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४२ हजार ६ सय ३३ जनालाई कोभिड पुष्टि भएको छ । साउन १५ गतेसम्म २ करोड ५ लाख ७९ हजार ३ सय ६५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क