कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १४ गते) 

साउन १४ गते २ सय ९२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८६ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ७ सय ७९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६९ हजार ७ सय ६५ जना निको भएका छन् । साउन १४ गते २ सय ७७ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६९ रहेको छ ।

साउन १४ गतेसम्म ११ हजार ९ सय ६६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १४ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १४ गते १ हजार ९ सय २० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ४६ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४२ हजार ५ सय ९ जनालाई कोभिड पुष्टि भएको छ । साउन १४ गतेसम्म २ करोड ५ लाख ७७ हजार २ सय ९६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क