कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १३ गते) 

साउन १३ गते ३ सय ९१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८५ हजार ८ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ४ सय ७४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६९ हजार ४ सय ८८ जना निको भएका छन् । साउन १३ गते २ सय ६९ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ५६ रहेको छ ।

साउन १३ गतेसम्म ११ हजार ९ सय ६४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १३ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १३ गते १ हजार ८ सय ८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ८६ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४२ हजार ३ सय ६३ जनालाई कोभिड पुष्टि भएको छ । साउन १३ गतेसम्म २ करोड ५ लाख ६९ हजार ३ सय ७५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क