कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ११ गते) 

साउन ११ गते ४ सय १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८४ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय ७८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६९ हजार ४ जना निको भएका छन् । साउन ११ गते २ सय २ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय २९ रहेको छ ।

साउन ११ गतेसम्म ११ हजार ९ सय ६० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ११ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ११ गते १ हजार ६ सय ७६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ४६ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन ११ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४१ हजार ९ सय ९१ जनालाई कोभिड पुष्टि भएको छ । साउन ११ गतेसम्म २ करोड ५ लाख ४१ हजार ७ सय ८१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क