कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ९ गते) 

साउन ९ गते ४ सय ५३  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८४ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६८ हजार ५ सय ८४ जना निको भएका छन् । साउन ९ गते ९५ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ३४ रहेको छ ।

साउन ९ गतेसम्म ११ हजार ९ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ९ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ९ गते १ हजार ७ सय १६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय १५ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन ९ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४१ हजार ६ सय ७ जनालाई कोभिड पुष्टि भएको छ । साउन ९ गतेसम्म २ करोड ५ लाख ३५ हजार ८ सय ३८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क