कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ८ गते) 

साउन ८ गते ३ सय ३  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८३ हजार ६ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६८ हजार ४ सय ८९ जना निको भएका छन् । साउन ८ गते ९५ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ७७ रहेको छ ।

साउन ८ गतेसम्म ११ हजार ९ सय ५६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ८ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ८ गते १ हजार ५ सय २८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४४ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन ८ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४१ हजार ४ सय ९२ जनालाई कोभिड पुष्टि भएको छ । साउन ८ गतेसम्म २ करोड ५ लाख २५ हजार ५ सय ३४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क