कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ७ गते) 

साउन ७ गते २ सय १६  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८३ हजार ३ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन् । साउन ७ गते ८६ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ७१ रहेको छ ।

साउन ७ गतेसम्म ११ हजार ९ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ७ गते १ हजार ९ सय ८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८६ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन ७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४१ हजार ४ सय ४८ जनालाई कोभिड पुष्टि भएको छ । साउन ७ गतेसम्म २ करोड ५ लाख २५ हजार ५ सय ३४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क