कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ६ गते)
साउन ६ गते ३ सय ८४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८३ हजार १ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार १ सय ६८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् । साउन ६ गते ८० जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४१ रहेको छ ।
साउन ६ गतेसम्म ११ हजार ९ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ६ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ६ गते १ हजार ६ सय ७० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७२ जनालाई कोभिड पुष्टि भएको छ ।
साउन ६ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४१ हजार ३ सय २९ जनालाई कोभिड पुष्टि भएको छ । साउन ६ गतेसम्म २ करोड ५ लाख ३ हजार ८ सय ४६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…
प्रहरी कुटपिट घटनाका आरोपित गिरफ्तार
जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा कार्यरत प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई ०८१ कात्तिक २० गते गिरफ्तार गरेको छ । अमरगढी नगरपालिका–५ बागबजारमा ड्युटीमा खटिएका…
बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार
२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय दिलिप राउतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई श्रम र…
जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ
युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी गरिएको प्रतिवेदनले सन् २०४० सम्ममा…
गुल्मीमा उपनिर्वाचनको लागि तीन मतदान स्थल र पाँच केन्द्र, दलहरू प्रचारमा सक्रिय
गुल्मीमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ भने निर्वाचनको लागि दलहरू सक्रिय देखिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय,…