कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २ गते) 

साउन २ गते ३ सय ८६  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ४१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६८ हजार ६४ जना निको भएका छन् । साउन २ गते ४८ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ७६ रहेको छ ।

साउन २ गतेसम्म ११ हजार ९ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २ गते २ हजार ३ सय १० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७१ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन २ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ९ सय ९९ जनालाई कोभिड पुष्टि भएको छ । साउन २ गतेसम्म २ करोड ४ लाख ६४ हजार ६ सय ३९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क