कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १ गते) 

  ०७९ साउन १ गते 

साउन १ गते १ सय १४  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार ४ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४ सय ७३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६८ हजार १६ जना निको भएका छन् । साउन १ गते ५९ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ३९ रहेको छ ।

साउन १ गतेसम्म ११ हजार ९ सय ५३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १ गते १ हजार ५ सय ६८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २१ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ९ सय २८ जनालाई कोभिड पुष्टि भएको छ । साउन १ गतेसम्म २ करोड ४ लाख ४७ हजार ७६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क