कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३२ गते) 

असार ३२ गते १ सय ५२  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार १ सय ९९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् । असार ३२ गते ५१ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ८५ रहेको छ ।

असार ३२ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ३२ गते १ हजार ८ सय ९१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५३ जनालाई कोभिड पुष्टि भएको छ ।

असार ३२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ९ सय ७ जनालाई कोभिड पुष्टि भएको छ । असार ३२ गतेसम्म २ करोड ४ लाख ४४ हजार ५ सय ६८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क