कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३१ गते) 

  ०७९ असार ३१ गते 

असार ३१ गते १ सय ६१  जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८१ हजार १ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय ४४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् । असार ३१ गते ४८ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ८४ रहेको छ ।

असार ३१ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३१ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ३१ गते २ हजार ७४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६८ जनालाई कोभिड पुष्टि भएको छ ।

असार ३१ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ८ सय ५४ जनालाई कोभिड पुष्टि भएको छ । असार ३१ गतेसम्म २ करोड ४ लाख ३६ हजार ६ सय ८८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क