कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३० गते) 

असार ३० गते २ सय १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् । असार ३० गते ४८ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७१ रहेको छ ।

असार ३० गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ३० गते १ हजार ८ सय १७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४६ जनालाई कोभिड पुष्टि भएको छ ।

असार ३० गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ७ सय ८६ जनालाई कोभिड पुष्टि भएको छ । असार ३० गतेसम्म २ करोड ४ लाख १७ हजार ५ सय ३८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क