कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २८ गते) 

असार २८ गते १ सय ४४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ७ सय ६५ जना निको भएका छन् । असार २८ गते ४१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ७३ रहेको छ ।

असार २८ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २८ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार २८ गते १ हजार ३ सय २१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३३ जनालाई कोभिड पुष्टि भएको छ ।

असार २८ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ७ सय ११ जनालाई कोभिड पुष्टि भएको छ । असार २८ गतेसम्म २ करोड ४ लाख ४ हजार ४ सय १० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क