कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २७ गते) 

असार २७ गते १ सय २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ४ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ३४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन् । असार २७ गते ३७ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ७० रहेको छ ।

असार २७ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार २७ गते १ हजार १ सय ८६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३९ जनालाई कोभिड पुष्टि भएको छ ।

असार २७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ६ सय ७८ जनालाई कोभिड पुष्टि भएको छ । असार २७ गतेसम्म २ करोड ४ लाख ९ सय २३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क