कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २६ गते) 

असार २६ गते १ सय ४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ३ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ७ सय ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् । असार २६ गते ३१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ७८ रहेको छ ।

असार २६ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २६ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार २६ गते १ हजार ३ सय ४५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १७ जनालाई कोभिड पुष्टि भएको छ ।

असार २६ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ६ सय ३९ जनालाई कोभिड पुष्टि भएको छ । असार २६ गतेसम्म २ करोड ३ लाख ९४ हजार ६ सय ९१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क