कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २५ गते) 

असार २५ गते ७२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार २ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ३९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६ सय ५६ जना निको भएका छन् । असार २५ गते ३१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ रहेको छ ।

असार २५ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार २५ गते १ हजार ७६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३० जनालाई कोभिड पुष्टि भएको छ ।

असार २५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ६ सय २२ जनालाई कोभिड पुष्टि भएको छ । असार २५ गतेसम्म २ करोड ३ लाख ९३ हजार ९ सय ११ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क