कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २२ गते) 

असार २२ गते ९० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ५ सय ७५ जना निको भएका छन् । असार २२ गते २० जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ७१ रहेको छ ।

असार २२ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार २२ गते १ हजार १ सय ७५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २३ जनालाई कोभिड पुष्टि भएको छ ।

असार २२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ५ सय ५९ जनालाई कोभिड पुष्टि भएको छ । असार २२ गतेसम्म २ करोड ३ लाख ८५ हजार ९ सय ५२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क