कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २१ गते)
मङ्सिर २१ गते १ हजार ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ४ सय ९५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २५ हजार ८ सय ५ जना निको भएका छन् । मङ्सिर २१ गते १ हजार ७ सय ५२ जना निको भएका छन् भने निको हुनेको दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २१ गतेसम्म १ हजार ५ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १३ हजार ५ सय ८२ जनाको उपचार भइरहेको छ । ८ हजार ४ सय ६१ जना होम आइसोलेशनमा छन् भने ३ सय १३ जनाको उपचार आइसीयूमा र ५५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड सङ्क्रमण एक्कासी फैलन थालेको भन्दै नियन्त्रणका लागि मङ्गलसेन नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका क्षेत्र मङ्सिर २१ गतेबाट एक साताका लागि सील गरिएको छ । सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका जनप्रतिनिधि र २० जना कर्मचारीसँगै गाउँमा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दो मात्रामा रहेकाले अत्यावश्यक सेवा बाहेकका सेवा मङ्सिर २७ गतेसम्म बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिनुभयो । स्वास्थ्य, खाद्यान्न, कोभिड–१९ र विपद् व्यवस्थापनसम्बन्धी सेवा बाहेकमा सील गरिएको छ । तरकारी, दुध, खाद्यान्न बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुला गरिएको अधिकृत सोडारीको भनाइ छ ।
कमलबजार नगरपालिकाले कोभिड सङ्क्रमण फैलन नदिनका लागि दुई साताका लागि नगर क्षेत्र सील गरेको छ । अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्र बन्द गर्ने गरेर मङ्सिर २२ गतेबाट लागु हुने गरेर पुस ४ गतेसम्म सील गरिएको नगरपालिकाका उपप्रमुख भूमिशरण ढकाल बजगाईंले जानकारी दिनुभयो । कमलबजार नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार कोरोना सङ्क्रमण थप फैलिन नदिनका लागि दुई साताका लागि सील गरिएको बताइएको छ । खाद्यान्न, तरकारीलगायत बिहान ७ बजेबाट १० बजे तीन घण्टा मात्र खुलाउने नगरपालिकाले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…