कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते) 

असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ३३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् । असार १६ गते १७ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८० रहेको छ ।

असार १६ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १६ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार १६ गते १ हजार १ सय ६६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १९ जनालाई कोभिड पुष्टि भएको छ ।

असार १६ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ४ सय ७३ जनालाई कोभिड पुष्टि भएको छ । असार १६ गतेसम्म २ करोड ३ लाख ८ हजार ३ सय १० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क