कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १५ गते) 

असार १५ गते ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ४ सय ४५ जना निको भएका छन् । असार १५ गते १९ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ६१ रहेको छ ।

असार १५ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार १५ गते ६ सय १२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ११ जनालाई कोभिड पुष्टि भएको छ ।

असार १५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ४ सय ५४ जनालाई कोभिड पुष्टि भएको छ । असार १५ गतेसम्म २ करोड २ लाख ८८ हजार १ सय ३७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क