कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १४ गते) 

असार १४ गते ३८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ५२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ४ सय २६ जना निको भएका छन् । असार १४ गते १७ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय २९ रहेको छ ।

असार १४ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार १४ गते ९ सय ४६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनालाई कोभिड पुष्टि भएको छ ।

असार १४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ४ सय ४३ जनालाई कोभिड पुष्टि भएको छ । असार १४ गतेसम्म २ करोड २ लाख ६७ हजार ८ सय १८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क