कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १३ गते) 

असार १३ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ३७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन् । असार १३ गते २० जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८ रहेको छ ।

असार १३ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार १३ गते १ हजार २१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा पाँच जनालाई कोभिड पुष्टि भएको छ ।

असार १३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ४ सय ३७ जनालाई कोभिड पुष्टि भएको छ । असार १३ गतेसम्म २ करोड २ लाख ४९ हजार ५ सय १३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क