कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २० गते)
मङ्सिर २० गते १ हजार २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ७४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २४ हजार ५३ जना निको भएका छन् । मङ्सिर २० गते २ हजार २ सय ६ जना निको भएका छन् भने निको हुनेको दर ९३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २० गतेसम्म १ हजार ५ सय ७७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १४ हजार २ सय ५५ जनाको उपचार भइरहेको छ । ९ हजार २ सय ६३ जना होम आइसोलेशनमा छन् भने ३ सय १२ जनाको उपचार आइसीयूमा र ४५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको जैमिनी नगरपालिकाका कर्मचारीसहित समुदाय स्तरमा कोभिड–१९ सङ्क्रमण देखिएपछि मङ्सिर २० गतेबाट एक साताको लागि कुश्मिसेरा बजार बन्द गर्ने निर्णय गरिएको छ । मङ्सिर १४ र मङ्सिर १७ गते नगरपालिकासहित बैङ्कका कर्मचारीमा सङ्क्रमण देखिएपछि वित्तीय संस्थासँगै नगरपालिकाका अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको थियो । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोभिड परीक्षण गर्दा समुदाय स्तरमा समेत सङ्क्रमण देखिएपछि थप एक साताको लागि विद्यालय र बजार क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । उहाँले मङ्सिर २० गते राजनीतिक दल, स्थानीय अगुवा, प्रहरी, र स्वास्थ्यकर्मीहरूसँग गरिएको छलफलपछि एक साता नगरपालिका र नगर क्षेत्रका सबै गतिविधि बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…