कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ९ गते) 

  ०७९ असार ९ गते 

असार ९ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार २ सय ३४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ३ सय ४२ जना निको भएका छन् । असार ९ गते १२ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६३ रहेको छ ।

असार ९ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ९ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ९ गते १ हजार २ सय ६० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १६ जनालाई कोभिड पुष्टि भएको छ ।

असार ९ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ४ सय ९ जनालाई कोभिड पुष्टि भएको छ । असार ९ गतेसम्म २ करोड १ लाख ९६ हजार ४ सय ९६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क