कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ७ गते) 

असार ७ गते १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ७ सय ३१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् । असार ७ गते १० जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २४ रहेको छ ।

असार ७ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ७ गते १ हजार ८३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा पाँच जनालाई कोभिड पुष्टि भएको छ ।

असार ७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ३ सय ९० जनालाई कोभिड पुष्टि भएको छ । असार ७ गतेसम्म २ करोड १ लाख ५१ हजार ६१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क