कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३ गते) 

असार ३ गते २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २ सय ३४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार २ सय ७७ जना निको भएका छन् । असार ३ गते १५ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४ रहेको छ ।

असार ३ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ३ गते १ हजार ३ सय ७६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १० जनालाई कोभिड पुष्टि भएको छ ।

असार ३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ३ सय ६९ जनालाई कोभिड पुष्टि भएको छ । असार ३ गतेसम्म २ करोड ९० हजार ८ सय १७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क