कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते)
जेठ ३१ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४ सय ७३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार २ सय ३३ जना निको भएका छन् । जेठ ३१ गते १६ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९३ रहेको छ ।
जेठ ३१ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ३१ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेठ ३१ गते ८ सय ६८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा पाँच जनालाई कोभिड पुष्टि भएको छ ।
जेठ ३१ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ३ सय ४९ जनालाई कोभिड पुष्टि भएको छ । जेठ ३१ गतेसम्म १ करोड ९९ लाख ९७ हजार ५ सय ८३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकको आयोजनामा असोज १४…
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…