कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २९ गते)
जेठ २९ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार १ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार २ सय ४ जना निको भएका छन् । जेठ २९ गते १२ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
जेठ २९ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २९ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६ रहेको छ । मन्त्रालयका अनुसार जेठ २९ गते १ हजार २ सय ९१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा आठ जनालाई कोभिड पुष्टि भएको छ ।
जेठ २९ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ३ सय ३८ जनालाई कोभिड पुष्टि भएको छ । जेठ २९ गतेसम्म १ करोड ९९ लाख ८१ हजार ६ सय ६५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…