कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २४ गते) 

जेठ २४ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार १ सय २० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार १ सय ५४ जना निको भएका छन् । जेठ २४ गते नौ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

जेठ २४ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ७ रहेको छ । मन्त्रालयका अनुसार जेठ २४ गते १ हजार २ सय ५६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २१ जनालाई कोभिड पुष्टि भएको छ । 

जेठ २४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ९६ जनालाई कोभिड पुष्टि भएको छ । जेठ २४ गतेसम्म १ करोड ९९ लाख ३९ हजार ७ सय ८४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । 


अनलाइन डेस्क