कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २३ गते)
जेठ २३ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ९ सय ९० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् । जेठ २३ गते आठ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
जेठ २३ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ रहेको छ । मन्त्रालयका अनुसार जेठ २३ गते १ हजार २ सय ५८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १४ जनालाई कोभिड पुष्टि भएको छ ।
जेठ २३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ७५ जनालाई कोभिड पुष्टि भएको छ । जेठ २३ गतेसम्म १ करोड ९९ लाख २६ हजार ९ सय ३० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २१ वर्षीय उज्जवल माझीलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ चैत १० गते बलात्कार…
बलात्कार प्रयास घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी
२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-४ गोल्माका ६० वर्षीय चुडामणी श्रेष्ठविरुद्ध ०७९ चैत १७ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । आरोपित श्रेष्ठले…