कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १८ गते)
मङ्सिर १८ गते १ हजार ३ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार २ सय ८९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २० हजार २ सय ७२ जना निको भएका छन् । मङ्सिर १८ गते २ हजार १ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १८ गतेसम्म १ हजार ५ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १५ हजार ७ सय ६६ जनाको उपचार भइरहेको छ । १० हजार २ सय ७१ जना होम आइसोलेशनमा छन् भने ३ सय ८८ जनाको उपचार आइसीयूमा र ६५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोभिड–१९ पुष्टी भएसँगै प्रशासन कार्यालय सील गरिएको छ । प्रशासनले मङ्सिर १८ गते सूचना जारी गरेर मङ्सिर १८ गतेदेखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार बेलौरी नगरपालिकाका एक जना जनप्रतिनिधिलाई मङ्सिर १७ गते कोभिड–१९ सङ्क्रमण देखिएपछि यही मङ्सिर १८ गतेदेखि २४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीका अनुसार सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब सङ्कलन गरी परीक्षण गर्नुपर्ने भएकाले थप सङ्क्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र बेलौरी बजार क्षेत्रमा रहेका ४, ५ र ६ नम्बर वडा कार्यालय २४ गतेसम्मका लागि बन्द गरिएको हो । यी बाहेक अन्य वडा कार्यालय भने खुला रहने बेलौरी नगरपालिकाले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…