कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

जेठ १७ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ९१ जना निको भएका छन् । जेठ १७ गते १३ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

जेठ १७ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ रहेको छ । मन्त्रालयका अनुसार जेठ १७ गते ९ सय ६२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा एक जनालाई कोभिड पुष्टि भएको छ ।

जेठ १७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ३६ जनालाई कोभिड पुष्टि भएको छ । जेठ १७ गतेसम्म १ करोड ९८ लाख ३१ हजार ३ सय २२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क