कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)

जेठ १५ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६५ जना निको भएका छन् । जेठ १५ गते १३ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

जेठ १५ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १० रहेको छ । मन्त्रालयका अनुसार जेठ १५ गते ९ सय ९० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा तीन जनालाई कोभिड पुष्टि भएको छ ।

जेठ १५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ३४ जनालाई कोभिड पुष्टि भएको छ । जेठ १५ गतेसम्म १ करोड ९८ लाख २८ हजार ६ सय ८७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क