कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १२ गते)

जेठ १२ गते १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार २४ जना निको भएका छन् । जेठ १२ गते १३ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

जेठ १२ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २९ रहेको छ । मन्त्रालयका अनुसार जेठ १२ गते १ हजार ६ सय ३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा सात जनालाई कोभिड पुष्टि भएको छ ।

जेठ १२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय २४ जनालाई कोभिड पुष्टि भएको छ । जेठ १२ गतेसम्म १ करोड ९७ लाख ९६ हजार ६ सय ३६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क