कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १७ गते)
मङ्सिर १७ गते १ हजार ४ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ३ सय ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख १८ हजार १ सय ६१ जना निको भएका छन् । मङ्सिर १७ गते १ हजार ५ सय ६७ जना निको भएका छन् भने निको हुनेको दर ९२.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १७ गतेसम्म १ हजार ५ सय ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १६ हजार ५ सय ४७ जनाको उपचार भइरहेको छ । १० हजार ७ सय ४१ जना होम आइसोलेशनमा छन् भने ३ सय ६५ जनाको उपचार आइसीयूमा र ६४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…