कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ११ जना निको भएका छन् । जेठ ११ गते नौ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
जेठ ११ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ११ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २८ रहेको छ । मन्त्रालयका अनुसार जेठ ११ गते ८ सय २८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा एक जनालाई कोभिड पुष्टि भएको छ ।
जेठ ११ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय १७ जनालाई कोभिड पुष्टि भएको छ । जेठ ११ गतेसम्म १ करोड ९७ लाख ८३ हजार ५ सय ९७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाँउपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको…
२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को
प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार विद्यालय बाहिरको विश्वव्यापी जनसङ्ख्या झण्डै १० वर्षमा…
बाढीपहिरोका कारण स्वास्थ्य संस्थाहरू नै बिरामी !
असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू बिरामी भएका छन् । धुलिखेल नपा–१२ मा रहेको सङ्खुपाटीचौर स्वास्थ्य चौकी पछाडि भवन पहिरो खसेर पुरिएको छ…