कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)
जेठ ९ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २ सय ३३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । जेठ ९ गते १६ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
जेठ ९ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ९ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३३ रहेको छ । मन्त्रालयका अनुसार जेठ ९ गते ५ सय ३५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा दुई जनालाई कोभिड पुष्टि भएको छ ।
जेठ ९ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ११ जनालाई कोभिड पुष्टि भएको छ । जेठ ९ गतेसम्म १ करोड ९७ लाख ५६ हजार ५ सय १ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारमा अन्यौल
'म अभागी रहेछु । जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि…
विद्यालयमा शौचालयको अभावः सेनेटरी प्याड मैत्री शौचालय नहुँदा छात्रालाई कठिनाई
सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय, डाँडाफयामा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो । विद्यालयमा थप समस्या त सेनेटरी…
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…