कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)

जेठ ३ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय ६५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय २१ जना निको भएका छन् । जेठ ३ गते आठ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

जेठ ३ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४९ रहेको छ । मन्त्रालयका अनुसार जेठ ३ गते ६ सय ३२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा एक जनालाई कोभिड पुष्टि भएको छ ।

जेठ ३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ९ जनालाई कोभिड पुष्टि भएको छ । जेठ ३ गतेसम्म १ करोड ९७ लाख ४० हजार ७ सय ७० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क