कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १ गते)
जेठ १ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय ४ जना निको भएका छन् । जेठ १ गते १५ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
जेठ १ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४२ रहेको छ । मन्त्रालयका अनुसार जेठ १ गते ९६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा कोभिड पुष्टि भएन ।
जेठ १ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय ७ जनालाई कोभिड पुष्टि भएको छ । जेठ १ गतेसम्म १ करोड ९७ लाख ४० हजार ७ सय ७० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको…
जिल्ला सदरमुकाममा खानेपानीको अभाव
जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त…
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…