कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)
वैशाख २५ गते १७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९ सय ५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ७ सय ८९ जना निको भएका छन् । वैशाख २५ गते २१ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
वैशाख २५ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय १ रहेको छ । मन्त्रालयका अनुसार वैशाख २५ गते १ हजार १ सय ५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा कोभिड पुष्टि भएन ।
वैशाख २५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय १ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख २५ गतेसम्म १ करोड ९६ लाख ९२ हजार ३ सय ३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)
जेठ ६ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ओटा…
एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते
वीरगञ्ज महानगरपालिका वडा नं. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक…
नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप
नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते…
बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना
सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार)…
एमालेका कार्यकर्ता माथि आक्रमण
मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ ५ गते साँझ विजय जुलुस…