कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)

वैशाख २४ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४ सय २० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ७ सय ६८ जना निको भएका छन् । वैशाख २४ गते २१ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

वैशाख २४ गतेसम्म ११ हजार ९ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ५ रहेको छ । मन्त्रालयका अनुसार वैशाख २४ गते १ हजार २ सय ९६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा तीन जनालाई कोभिड पुष्टि भएको छ ।

वैशाख २४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय १ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख २४ गतेसम्म १ करोड ९६ लाख ८५ हजार ६ सय २१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क