कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १८ गते)

वैशाख १८ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । वैशाख १८ गते २७ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १८ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १८ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय २१ रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख १८ गते ७ सय १४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा दुई जनामा कोभिड पुष्टि भएको छ । वैशाख १८ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ९२ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख १८ गतेसम्म १ करोड ९५ लाख ९१ हजार ३ सय ५० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क