कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

वैशाख १६ गते १३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ७ सय ७८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन् । वैशाख १६ गते १९ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १६ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १६ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ४३ रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख १६ गते ९ सय ९३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा एक जनामा कोभिड पुष्टि भएएको छ । वैशाख १६ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ८९ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख १६ गतेसम्म १ करोड ९५ लाख ७४ हजार ८ सय ९४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क