कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १४ गते)

वैशाख १४ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार १ सय १९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ५ सय ७५ जना निको भएका छन् । वैशाख १४ गते १७ जना निको भएका छन् भने निको हुनेको दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १४ गतेसम्म ११ हजार ९ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ५२ रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख १४ गते १ हजार ७ सय ७२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा तीन जनालाई कोभिड पुष्टि भएको छ । वैशाख १४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ८८ जनालाई कोभिड पुष्टि भएको छ । वैशाख १४ गतेसम्म १ करोड ९५ लाख १८ हजार ९ सय २५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क